• बुधबार, असोज ७ २०८३

४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ


आइतबार, कार्तिक १४ २०७८
685
Shares


प्रहरीले चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका— १६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् । करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार