डिभोर्स भैसकेकी पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’लाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।
थापाले पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको आरोप छ । प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
५२ वर्षीय भोजराज थापा काठ व्यवसायी हुन् । पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
