• बुधबार, असोज ७ २०८३

प्रधानसेनापतिद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान


आइतबार, कार्तिक १४ २०७८
680
Shares


रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका छन्। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो।

मिति २०७८ कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले उपरथी सरोज प्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार