गोरखा । गोरखाको पालुङटार नगरपालिका—४ स्थित अमरज्योती माध्यामिक विधालयलाई १० थान कम्प्युटर सहयोग उपलब्ध भएको छ ।

यूनिभर्सिटी अफ मिनीसोटा मोरिसका सह प्राध्यापक डा सतीशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागी अमेरिकाका पूर्व राजदूत स्टक एच डेलिसी संङ्लग्न संस्था इन्गेज नेपालले १० थान कम्प्युटर सहयोग उपलब्ध गराएको हो ।
उक्त सहयोग भूगर्भविद् डा कृष्ण चन्द देवकोटा र नगर प्रमुख दिपक बाबु कडेँलले विधालय व्यवस्थापन समितिका अध्यक्ष गङगा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
