• बुधबार, असोज ७ २०८३

बस दुर्घटना हुदाँ १० जना घाइते


आइतबार, कार्तिक १४ २०७८
770
Shares


डेल्धुरामा बस दुुर्घटना हुदाँ १० जना घाइते भएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलिताल गाउँपालिका— १ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए । उनका अनुसार बसमा ३२ जना सवार थिए ।

सडकबाट करिब १५० मिटर तल खसेको बसको दुर्घटनाको कारण भने खुुलेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार