• बिहिबार, साउन १४ २०८३

शनिबार थपिए पाँच सयभन्दा कम संक्रमित


शनिबार, कार्तिक १३ २०७८
585
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय १६ पीसीआर परीक्षणमा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार