• बुधबार, असोज ७ २०८३

सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य


शनिबार, कार्तिक १३ २०७८
585
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सातामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, अघिल्लो शुक्रबार तोलामा ९१ हजार २०० रुपैयाँ तोकिएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ५०० रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेको सातामा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।

अघिल्लो शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको चाँदीको मूल्य यो साताको शुक्रबार ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार