• बुधबार, असोज ७ २०८३

नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो


शनिबार, कार्तिक १३ २०७८
625
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलेको छ । अर्थ मन्त्रालयले गठन गरेको नेप्सेको सीईओ छनोट सिफारिस समितिले शनिबार सूचना जारी गरेको हो ।

यसअघि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहेका छन् । खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रकृया अगाडि बढाएको समितिले जनाएको छ ।

आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हनु पर्ने छ । छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले प्रमुख कार्यकारी अधिकृत छनोट गर्ने प्रावधान छ ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुंगानाको बर्खास्तीपछि उक्त पद खाली छ । यस्तै, नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद पनि खाली छ । ढुंगाना र साउद दुवैले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएका थिए ।

अहिले खाली ती दुवै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो । दुवै समितिले सम्बन्धित पदका लागि आवेदन आह्वान गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार