• बुधबार, असोज ७ २०८३

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ


शनिबार, कार्तिक १३ २०७८
710
Shares


प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका— ७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका— ९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन्।

शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई कोहलपुर— ११ स्थित सागर गेष्ट हाउसको कोठाबाट पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ।

पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि वन कार्यालय पठाउने तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार