• बुधबार, असोज ७ २०८३

चक्कु प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु, एक जना पक्राउ


शनिबार, कार्तिक १३ २०७८
740
Shares


चक्कु प्रहारबाट कैलालीमा एक जना किशोरको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका—८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आपसी विवादका क्रममा भजनी नगरपालिका—३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको जानकारी दिए ।

एसपी अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार