गोरखा । लियो क्लव अफ गोरखाको आथित्यतामा लियो जिल्ला परिषद ३२५ बि वान नेपालको पहिलो परिषद बैठक एवं पुरस्कार बितरण समारोह शुक्रवारदेखि गोरखामा सुरु भएको छ ।


परिषदमा सहभागी हुन काठमाण्डौँ, धादीङ, नुवाकोट, पोखरा, तनहुँ, लमजुङ बिभिन्न जिल्लाका एक सय १९ लियो क्लवका तीन सय जना भन्दा बढी सदस्यहरु गोरखा आएका छन् ।
सोही अवसरमा वर्ष २०२०/२१ मा संचालन भएको गतिविधिको पुरस्कार बितरण पनि गरिएको छ ।
लियो क्लव अफ ३२५ बि १ का वर्ष २०२१ का अध्यक्ष आदर्शमोहन भट्टराईको अध्यक्षता र नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लियो र लायन्स क्लवका बिभिन्न क्लवका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।
बैठक आज (शनिवार) पनि चल्नेछ । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल मल्टिपल काउन्सिल चियर पर्सन मनबहादुर रोकाको बिशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागि बिभिन्न पर्यटकिय स्थलको फोटो सार्वजनिक गरिने क्बलले जनाएको छ ।
