• बुधबार, असोज ७ २०८३

करिब एक महिना पछि जेलबाट छुटे आर्यन


शनिबार, कार्तिक १३ २०७८
480
Shares


एजेन्सी । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान रिहा भएका छन्।

उनी करिब एक महिना (२८ दिन) पछि जेलबाट छुटेको बीबीसी हिन्दीले जनाएको छ।

उनी आज आर्थर रोड जेलबाट रिहा भएका हुन्। जेलबाहिर भीड जम्मा भए पनि उनी छुटिनासाथ हत्तपत्त गाडीमा लगिएको थियो।

गत असोज १७ गते मुम्बईको एनार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले मुम्बईको एउटा पानीजहाजमा छापा मारेर आर्यनलाई पक्राउ गरेको थियो।

गत बिहीबार आर्यनका वकिलले अदालतमा गिरफ्तारीको क्रममा लागुपदार्थ बरामद नभएको र आर्यन विरुद्ध कुनै मुद्दा नपरेकोले उनलाई रिहा गर्नुपर्ने तर्क गरेका थिए।

जबकि एनसीबीले अनुसन्धानका लागि हिरासत अवधि लम्ब्याउनु आवश्यक रहेको माग राख्दै आएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार