• बुधबार, असोज ७ २०८३

हृदयाघातका कारण साउथ फिल्मका अभिनेता पुनित राजकुमारको निधन


शुक्रबार, कार्तिक १२ २०७८
615
Shares

एजेन्सी । साउथ फिल्मका अभिनेता पुनित कुमारको जिममा वर्कआउट गरिरहेका बेला हृदयाघात हुँदा निधन भएको छ ।

हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ ।

पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए ।

यो भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देृखिएको थियो ।

पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार