• बुधबार, असोज ७ २०८३

मलेसियाले तत्काल नयाँ नेपाली कामदार नलिने


शुक्रबार, कार्तिक १२ २०७८
625
Shares


मलेसियाले तत्काल नयाँ कामदार नलिने मलेसियास्थित नेपाली दूतावासले बताएको छ।

नयाँ कामदार लिन मागपत्र प्रमाणीकरणका सम्बन्धमा आधिकारिक जानकारी नआएको दूतावासले बताएको हो।

भिसाको म्याद कायम रहेका श्रमिकहरु भने रोजगारदाताले अध्यागमन विभागबाट स्वीकृति लिएपछि जान पाउने छन्।

त्यसरी जाने श्रमिकहरुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी सात दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

कोभिड–१९ नियन्त्रणका लागि मलेसियाले २०२० मार्चदेखि विदेशी कामदार आवागमनमा नियन्त्रण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार