• बुधबार, असोज ७ २०८३

विद्यालयको पानी ट्यांकी खन्दा भेटियो ऐतिहासिक सम्पदाका अवशेष


शुक्रबार, कार्तिक १२ २०७८
680
Shares


विद्यालयको पानी ट्यांकी खन्ने क्रममा भक्तपुरमा ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ।

भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्रांगणमा पानी ट्यांकी खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालीन इँटा (टेपु ल्हों, चिकं अप्पा (तेलीय इँटा), फ अप्पा, दाँची अप्पा) ले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त स्थानको अवलोकन गरेका छन्। नगरप्रमुख प्रजापतिले उक्त विद्यालयका विद्यार्थी तथा प्रअ सर्जनी जोशीसँग भेट गरी तत्कालका लागि ट्यांकी बनाउन र अन्य संरचना निर्माण नगर्न निर्देशन दिएका छन्।

भेटिएका पुरातात्विक अवशेषको विज्ञद्वारा अनुसन्धान गराउनाका साथै सम्पदा संरक्षणका लागि निर्माण कार्यलाई रोक्न आग्रह गरिएको उनको भनाइ थियो। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार