• बुधबार, असोज ७ २०८३

नेकपा एमाले शहीद लखनको अध्यक्षमा मनोज जोशी सर्वसम्मत


शुक्रबार, कार्तिक १२ २०७८
760
Shares


गोरखा । नेकपा एमालेको शहीद लखन गाँउपालिका कमिटीको अध्यक्षमा मनोज जोशी सर्वसम्मत चयन भएका छन् ।बिहीबार मनकामनामा सम्पन्न पहिलो गाउँ अधिवेशनले जोशीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा लुना थापा, सचिवमा गणेश लम्साल र उसचिवद्वयमा भोजबहादुर थापा र प्रसान्त थापा सर्वसम्मत चयन भएका पार्टीको जिल्ला नेता कमल दानीले जानकारी दिए ।

अधिवेशनमा केन्द्रीय सदस्य रामशरण बस्नेत, प्रदेश कमिटी सदस्य सुरेन्द्र थापा, कृष्ण देवकोटा, जिल्ला कमिटीका सचिव कृष्ण नेपाली, सम्पर्क समन्वय कमिटीका सदस्य कमल दानी, प्रदेश कमिटीका सल्लाकार विपिन मल्ललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार