• बुधबार, असोज ७ २०८३

गोरखाामा सांग्रिला बैंककाे वित्तिय साक्षरता कार्यक्रम


बुधबार, कार्तिक १० २०७८
1K
Shares

गोरखा। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औ  वार्षिकोत्सबको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरेको छ  । हिजाे मंगलबार गोरखा नगरपालिका वडा नम्बर २ मा बैंकले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे हाे ।

बैंकले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत साविककाे ताप्ले गाविसका स्थानीयलाई वित्त ब्यवस्थापनका बारे एक दिने अभिमुखिकरण कार्यक्रम आयाेजना गरेकाे गोरखा शाखा प्रमुख सन्दिप श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष रहमतुल्ला मियाँकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागीहरुलाई शाखा प्रमुख श्रेष्ठले वित्तिय ब्यवस्थापनका बारे अभिमुखिकरण गराएका थिए । कार्यक्रममा बैंककाे महत्व, आर्थिक ब्यवस्थापन, सदुपयाेग, बचत किन र कसरी लगायतका बारे जानकारी गराएका थिए ।

त्यस्तै वित्तिय साक्षरता किन, ऋृण कसरी लिने, कसरी लिने, केका लागि लिने र कहाँ कसरी लगानी गर्ने साथै रेमिट्यान्स लगायतका बारे समेत कार्यक्रममा अभिमुखिकरण गराइएकाे शाखा प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा ताप्लेका करिब ८० जनाकाे सहभागिता रहेेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार