• बुधबार, असोज ७ २०८३

लाइसेन्सको नयाँ आवेदन यसै साता खुल्ने


मंगलबार, कार्तिक ९ २०७८
515
Shares

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यसै सातादेखि खुल्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले जनाएका छन् । ‘सकेसम्म अबको एक/दुई दिनमा आवेदन खुल्छ,’ उनले भने, ‘नत्र शुक्रबारसम्ममा खुल्छ ।’

कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन । निषेधाज्ञा अगाडि झण्डै ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने विभागले बताउँदै आएको थियो ।

तर, चौतर्फीरुपममा विरोध भएपछि पुरानो आवेदनको ट्रायल (प्रयोगात्मक परीक्षा) नसकी नयाँ आवेदन खोल्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार