• बुधबार, असोज ७ २०८३

गोरखामा ३ दिनमै ६ सय ३० जनाले लिए नागरिकता, राहदानी बनाउनेकाे पनि उत्तिकै भिड


बुधबार, कार्तिक १० २०७८
1.1K
Shares

गोरखा । गोरखामा तिन दिनमै ६ सय जना भन्दा बढिले नागरिकता लिएका छन् । आइतबारदेखि हिजाे मंगलबारसम्मकाे मात्रै तथ्या‌ंक हेर्दा जिल्ला प्रशासन कार्यालयले ६ सय ३० जनालाई नागरिकता वितरण गरेकाे हाे । जसमा वंशजकाे आधारमा नयाँ नागरिकता ४ सय ५२ र प्रतिलिपी १ सय ७८ जनाले लिएका छन् ।

जसमा सबैभन्दा बढि हिजाे मंगलबार १ सय ७१ जनाले वंशजका आधारमा नयाँ नागरिकता र ४० जनाले प्रतिलिपी लिएकाे प्रशासकीय अधिकृत हर्क राेकाले जानकारी दिए । त्यस्तै साेमबार नयाँ १४५, प्रतिलिपी ६२ र आइतबार १३६ जनाले नयाँ नागरिकता र प्रतिलिपी ७६ जनाले लिएकाे उनले बताए ।

बर्षकै तुलनामा गत आइतबारदेखि हिजाे मंगलबारसम्म अत्याधिक मात्रामा सेवाग्राहीकाे भिड लागेकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबै सेवाकाे विवरण हेर्दा तिन दिन झण्डै ५/५ सय जना भन्दाबढिले सेवा लिएको उक्त कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

दशै विदा र लकडाउनका कारण रोकिएका सेवाग्राही एक साथ आएपछि सेवाग्राहीको भिड लागेको बताइएकाे छ । केहिदिनदेखि कार्यालयमा सेवाग्राहीकाे अत्याधिक लागेपछि सेवाप्रवाह र ब्यवस्थापनमा हम्मे हम्मे परेकाे प्रशाकीय अधिकृत राेकाले बताए ।

कार्यालयमा नयाँ नागरिकता बनाउनेकाे मात्रै हाेइन नागरिकताकाे प्रतिलिपी, राहदानी बनाउने साथै अन्य सिफारिसहरु लिनेकाे समेत उत्तिकै भिड रहेकाे बताइएकाे छ । जसमा तिन दिनमा राहदानीकाे फारम संकलन मात्रै २ सय १९ जनाले गराएकाे तथ्यांकमा उल्लेख छ । यसैगरी कार्यालयबाट राहदानी वितरण ६५ जनाकाे र द्रुत गतिमा राहदानी वितरणाका लागि विभागमा सिफारिस १६५ जनाकाे भएकाे छ ।

यसै क्रममा २ सय ९ जनाकाे राष्ट्रिय परिचयपत्र विवरण संकलन भएकाे समेत कार्यालयले जनाएकाे छ ।

सेवाग्राहीकाे भिड प्रशासन कार्यालयमा मात्रै हाेइन जिल्लाका मालपोत, नापी, विद्युत लगायतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा पनि सेवाग्राहीको भिड देखिन्थ्यो । सिमित कर्मचारी, परम्परागत शैलीको काम, प्रक्रियागत झण्झट, सेवाग्राहीको चाप लगायतका कारणले कतिपय सेवाग्राही भने एउटै कामका लागि २ देखि ३ दिनसम्म कार्यालय धाउन बाध्य भएका छन् ।

टाढाटाढाबाट सेवा लिन आएकाहरुको काम नबनेपछि सदरमुकाममा बास बस्नु पर्ने भएको छ । जसका कारण व्ययभार समेत थपिएको उनीहरुको गुनासो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार