गोरखा । गोरखा नगरपालिकाले किसानलाई उन्नत जातका गाई अनुदानमा दिएकाे छ । आ.व. २०७८/७९ काे कार्यक्रम अन्तरगत उप प्रमुख सबल नेतृत्व विकास कार्यक्रम तर्फबाट गाेरखा नगरपालिका वडा नम्बर १४ का किसानलाई ११ वटा उन्नत जातका गाई दिएकाे हाे ।
चालु आर्थिक बर्षकाे साे कार्यक्रम अन्तरगत बिनियाेजित ५ लाख रुपैया रकमबाट भट्ट वेशी कृषि तथा पशु पंक्षी पालन महिला समूहलाई ११ वटा गाई हस्तान्तरण गरिएकाे हाे । साे गाई गोरखा नगरपालिकाका उपप्रमुख विन कुमारी श्रेष्ठले एक कार्यक्रमका बिच समुहका अध्यक्ष मथुरा शाहलाई गरेकी हुन।
स्थानीय महिलालाई ब्यवसायीक रुपमा पशुपालन लगायत कृषि पेशामा आकर्षित गर्न नगरपालिकाले साे कार्यक्रम ल्याएकाे उपप्रमुख श्रेष्ठले बताइन् । बिशेष गरेर महिलाहरुकाे आयस्राेतमा बृद्धि गर्दै सामुहिक कृषि पेशामा आवद्ध गराउन समुहलाई गाई अनुदान दिइएकाे उनकाे भनाई छ ।
गाई समुहकै माग अनुसार सहयाेग गरिएकाे बताइएकाे छ । साथै समुहकी अध्यक्ष शाहले सामुहिक रुपमा गाई पालेर दुध उत्पादन गर्दै बजारसम्म पुर्याउने लक्ष्य रहेकाे बताइन् ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष खाेपबहादुर अधिकारी, कार्यपालिका सदस्य हरि गान्धारी लगायतकाे सहभागिता रहेकाे सामाजिक शाखाकी शाेभा दवाडीले जानकारी दिइन् ।