• बिहिबार, साउन १४ २०८३

आइतबार थपिए ५५७ कोरोना संक्रमित, ८७७ जना काेराेनामुक्त


आइतबार, कार्तिक ७ २०७८
575
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ५६ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ भने ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ जना रहेका छन् । जसमध्ये ९ हजार ४२३ जना होम आइसोलेसनमा रहेका छन् भने ७७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७३ जना आईसीयू र ८५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार