Modern metal handcuffs. Vector illustration in flat style
पोखरा । बालयौन दुराचारको आरोपमा पोखराबाट एक क्यानडेलि नागरिक पक्राउ परेका छन् । क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले पोखरा लेकसाइडको एक घरबाट पक्राउ परेका हुन् ।

उनलाई कास्की प्रहरीले ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।
दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग रहेकै बेला पक्राउ गरेको हो ।
कास्की प्रहरीले रोबर्टमाथी अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।