• बुधबार, असोज ७ २०८३

बाढी पहिरोबाट गण्डकी र सुदूरपश्चिमका ८ ठाउँमा सडक अवरुद्ध


आइतबार, कार्तिक ७ २०७८
660
Shares


अविरल वर्षाका कारण आएको वाढी र पहिरोका कारण गण्डकी प्रदेशको मनाङ र सुदुरपश्चिम प्रदेशका डडेलधुरा, बझाङ र बजुरामा सडक अवरुद्ध भएको छ ।

गण्डकी र सुदुरपश्चिम प्रदेशका ८ ठाउँमा राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।

मनाङस्थित चामे वेशीसहर सडक खण्डको ३ ठाउँमा सडक अवरुद्ध भएको छ । मनाङको नासोँ गापालिका–३ बगरछाप, चामे गाउँपालिका–१ ईमाङ र वडा नम्बर–३ कोतेमा सडक अवरुद्ध छ ।

सुदूरपश्चिमको डडेलधुरा स्थित गन्यापधुरामा भिमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । बझाङको केदारस्यूँ र छबिसपाथिभेरामा जययृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

मार्तडी–कोल्टी राजमार्ग बजुराको बुढिनन्दामा अवरुद्ध भएको छ । बुढिगंगा नगरपालिका–१ अमकोटमा साँफे–मार्तडी खण्ड पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार