• आइतबार, भाद्र २१ २०८३

अमेरिकाले नेपाललाई दिने थप एक लाख डोज फाइजर खोप भोलि आइपुग्ने


आइतबार, कार्तिक ७ २०७८
620
Shares


काठमाडौं । अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। अमेरिकाले नेपाललाई थप खोप सहयोग गर्न लागेको काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।

दूतावासका अनुसार १ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको हो। सो खोप सोमबार काठमाडौं आइपुग्नेछ।

यसअघि अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसन खोप दिएको थियो। योसँगै अमेरिकाले नेपाललाई १५ लाख ३० हजार खोप सहयोग गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार