• बुधबार, असोज ७ २०८३

भोलिदेखि विराटनगर विमानस्थल सञ्चालनमा आउने


शुक्रबार, कार्तिक ५ २०७८
635
Shares


काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो । उडान तालिका बिहानबाट साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालिन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडान समेत हुनेछ ।

आईएफआर उडान भएको अवस्थामा रात्रिकालिन उडान समेत सम्भव हुन्छ । यसैबीच कम्पनीहरुले सो विमानस्थलमा फसेका आफ्ना जहाज भने काठमाडौं फर्काएर अन्य गन्तव्यमा उडाइरहेका छन् । कम्पनीहरुले विराटनगरको विकल्पमा भद्रपुर र राजविराजमा अतिरिक्त उडान गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार