• बुधबार, असोज ७ २०८३

गोरखाकी एक महिलाको शव कीर्तिपुरको बल्खु खोलामा भेटियो


शुक्रबार, कार्तिक ५ २०७८
830
Shares


कीर्तिपुरको बल्खु खोलामा गोरखाकी एक महिलाको शव फेला परेको छ।

कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुलनजिकै गोरखा नगरपालिका —२ की करिब ४० वर्षीया शान्ता थापा मगरको शव फेला परेको हो।

शान्ता हाल कीर्तिपुर बस्दै आएको खुलेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको एसपी बस्नेतले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार