• बुधबार, असोज ७ २०८३

दरौदी नदीमा हाम फालेका पुरुष मृत अवस्थामा फेला


शुक्रबार, कार्तिक ५ २०७८
555
Shares


गोरखा । दरौदी नदीमा हाम फालेका एक पुरुष मृत अवस्थामा फेला परेको छ ।

सिरानचोक गाउँपालिका–८ फिनामटारका ६५ बर्षीय देवीदत्त ढकाल हिजो बुधबार (बिहान) १०ः०० बजे तिर दरौदी नदीमा हाम फालेको सूचना प्राप्त हुन साथ तत्काल अस्थायी प्रहरी पोष्ट चनौटे र ईलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी निरीक्षक समेतको टोली खटिई खोजतलास सुरु गरेको थियो ।

सोही क्रममा उद्धारमा खटिएको प्रहरी टोलीले ११ः२० बजेको समयमा घटनास्थल देखि २ किलोमिटर तल बारपाक सुलिकोट गाउँपालिका–५ जलविरेस्थित दरौदी नदि किनारमा ढकाल शव फेला पारेको हो ।

शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार