• सोमबार, भाद्र २२ २०८३

अमेरिकाले फाइजरको १ लाख डोज खोप नेपाललाई दिने


बिहिबार, कार्तिक ४ २०७८
925
Shares

अमेरिकाले कोभ्याक्स सुविधामार्फत् कोरोना विरद्धको फाइजर खोपको एक लाख डोज यसै साता नेपाल पठाउने भएको छ।

खोप शाखाका प्रमुख डाक्टर सागर दाहालले यसै साता एक लाख डोज फाइजर खोप नेपाल आउन लागेको जानकारी दिए।

यो खोप १२ वर्ष माथिका उमेर समूहलाई लगाउन सकिनेछ। दाहालले खोप १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई लगाउने तयारी भएको जानकारी दिए।

सरकारले दसैंअगाडि नै यो खोप आउने जनाएको थियो। तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दसैं अगाडि फाइजरको एक लाख डोज खोप आउने बताएका थिए।

यसअघि अमेरिकाले नेपाललाई एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज खोप नेपाललाई अनुदानमा दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार