• बुधबार, कार्तिक २६ २०८३

दोहोरो अंकले घट्यो सेयर बजार


बिहिबार, कार्तिक ४ २०७८
560
Shares


साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेको छ । बैंक ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप पछि बुधबार ६० अंक बढीले घटेको बजारमा बिहीबार दोहोरो अंकले घटेर २५५६.९५ को बिन्दुमा आइपुगेको हो ।

बिहीबार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४८३.३९ बिन्दुमा आइपुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स २.४१ प्रतिशतले वृद्धि भएको थियो । आज कुल कारोबार रकममा पनि गिरावट छ ।

बिहीबार २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको शेयर कारोबार भएको छ जुन अघिल्लोदिनको तुलनामा ४ करोड २७ लाख रुपैयाँले कम हो । आज २१६ कम्पनीका ६१ लाख ६ हजार ४५२ कित्ता शेयर ३६ हजार ७६२ पटकसंख्यामा खरीद बिक्री भएको थियो ।

आज दोस्रो बजारमा कारोबारमा आएका १३ उपसमुह मध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । अन्य उपसमूह १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढेको बढ्यो । बाँकी एघार सूचकमध्ये ब्यापार, विकास र फाइनान्सको सूचक धेरै प्रतिशत घट्नेमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार