• बिहिबार, साउन १४ २०८३

बिहीबार थप ७२६ संक्रमित कोरोनामुक्त, ८ जनाको मृत्यु


बिहिबार, कार्तिक ४ २०७८
655
Shares

पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ७२६ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेका छन् । अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५ सय २२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३ सय २६ पुगेको छ । हाल देशभर ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार