• बुधबार, असोज ७ २०८३

फिफा वरीयतामा नेपालको स्थान खस्कियो


बिहिबार, कार्तिक ४ २०७८
1.8K
Shares


काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपालको स्थान खस्किएको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता अघिल्लो महिनाको तुलनामा १ स्थान खस्किएको हो ।

नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।

हालै माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको बरियता भने खस्किएको हो।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा भारत एक स्थान सुधार गर्दै १०६ औं स्थानमा आएको छ। नेपालभन्दा अघि रहेको माल्दिभ्स १ सय ५६ औं स्थानमा यथावत छ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। यी सबैले अघिल्लो महिनाको तुलनामा एक— एक स्थान सुधार गरेका हुन्। बंगलादेश १८७ औं, भुटान १८६ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन्।

एसियाली मुलुकहरूमा २२ औं स्थानमा इरान, २८ औं स्थानमा जापान ३४ अष्ट्रेलिया र ३५ औं स्थानमा दक्षिण कोरिया छन्।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड छन्। अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार