गोरखा । लियो क्लव अफ गोरखाको आथित्यतामा लियो जिल्ला परिषद ३२५ बि वान नेपालको पहिलो परिषद बैठक एवं पुरस्कार बितरण समारोह गोरखामा हुने भएको छ ।

लियो क्लव अफ गोरखाले बुधवार पत्रकार सम्मेलन गरी कात्तिक १२ र १३ गते सदरमुकामको हरमटारी स्थित होटल मिराकलमा बैठक हुने जानकारी दिएको छ ।
परिषदमा सहभागी हुन काठमाण्डौँ, धादीङ, नुवाकोट, पोखरा लगायत बिभिन्न जिल्लाका एक सय १९ वटा क्लवका सदस्यहरु सहभागी हुने लियो क्लव गोरखाका प्रथम उपाध्यक्ष बालकृष्ण परियारले बताए ।
उक्त परिषद बैठक सहितको कार्यक्रम सम्पन्न गर्न ६ लाख २० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तीन लाख ४० हजार लियो क्लव र सदस्यहरुबाट जुट्नेछ भने बाँकी रकम बिभिन्न संघ संस्था, निकाय सँग सहयोग खोजिने उपाध्यक्ष परियारले बताए ।

सोही अवसरमा वर्ष २०२०/२१ मा संचालन भएको गतिविधिको पुरस्कार बितरण, गोरखा जिल्लाको दशैँ जिल्ला पदस्थापन पनि हुने लियो क्लव अफ गोरखाका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
गोरखाको पर्यटकिय स्थलको प्रचार प्रसार र आन्तरिक पर्यटक प्रर्वद्धनका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले भनाई छ ।
पहिलो दिन कात्तिक १२ गते पञ्चेबाजा र ¥याली सहित गोरखा बजार परिक्रमा र १३ गते परिषद बैठक हुने कार्यक्रमका संयोजक समेत रहेका बालकृष्ण परियारले बताए ।
कार्यक्रममा पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागि बिभिन्न पर्यटकिय स्थलको फोटो सार्वजनिक गरिने क्बलले जनाएको छ ।
