Modern metal handcuffs. Vector illustration in flat style
स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जनालाई पक्राउ परेको छ।
बुधबार राति प्रहरीले मध्यपुर ठिमी नगरपालिका— १ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बाग्लुङ गल्कोट नगरपालिका— १० पाण्डवखानी स्थायी घर भई काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई पक्राउ गरेको हो।

लोकन्थली मनहरा आँखा अस्पतालनजिक हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।
वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
मगरलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको उनले बताए।
