• बुधबार, असोज ७ २०८३

गोरखामा ट्रक दुर्घटना: चालकको मृत्यु, दुईजना घाइते


बिहिबार, कार्तिक ४ २०७८
715
Shares

गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । आरुघाट गाउँपालिका-१ माझगाउँमा बुधवार राति मिनी ट्रक दुर्घटना हुदाँ चालक मनोज श्रेष्ठको मृत्यु भएको हाे । त्यस्तै ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।

चालक श्रेष्ठ धादिङको गंगाजमुना गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ । घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।

बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रक बुधवार राती करिब साढे ११ बजे सडकबाट करिब एक सय ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सन्तबहादुर लामाले बताए ।

बालुवा बोकेर धुन्चेत जाँदै गरेको ट्रकमा सवार सवारी धनी आरुघाट गाउँपालिका १ का ३५ वर्षिय राजकुमार गुरुङ, उनकी छोरी वर्ष ३ कि दिब्या गुरुङ घाईते भएका छन् । घाइते राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार