• बुधबार, असोज ७ २०८३

अदालतले गर्यो आर्यन खानकोे जमानतको याचिका खारेज


बुधबार, कार्तिक ३ २०७८
705
Shares


एजेन्सी । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ ।

२ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन् । आर्यनको १४ दिनको न्यायिक हिरासत पनि बिहिबार समाप्त हुँदै छ ।

आर्यन खानका वकिललले अब उनले उच्च अदालतको ढोका ढक्ढकाउने बताएका छन् । मुम्बईको विशेष अदालतमा जमानत याचिका खारेज भएपछि अब उनी आर्यन खानको जमानतका लागि उच्च अदालतमा निवेदन पेश गर्नेछन् । हाल, आर्यन आर्थर रोड जेलमा थप केही दिन बस्नुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार