गोरखा । गोरखा नगरपालिका क्षेत्रमा किसानले लगाएकाे धानमा बाढी पसेकाे छ । लगातार तिनदिन देखिकाे बर्षातका कारण किसानले घर भित्राउने तयारीमा रहेकाे धानमा पानी पस्दा सयाै राेपनीमा लगाइएकाे धान नष्ट भएकाे छ ।
तिनदिनदेखिकाे बर्षातले गोरखा नगरपालिका ५ काे बाेहाेराबेशी र वडा नम्बर १० काे छेवेटार क्षेत्रमा लगाइएकाे धान नष्ट भएकाे हाे । पाकेर घर ल्याउने तयारीमा रहेकाे करिब १ सय ५० राेपनी बराबरमा लगाइएकाे धान पानीले डुवाएपछि किसान चिन्तित बनेका छन् । ‘अस्ति मात्रै काटेकाे धान हाे, आज याे अवस्था देखियाे’ स्थानीय किसान चतुरसिं तामाङले भने ‘बर्षदिनकाे दुख एक रातमा सकियाे ।’

काटेर राखेकाे धान डुबाएपछि बुधबार गोरखा नगरपालिकाले त्यसक्षेत्रकाे अनुगमन गरेकाे छ । ‘हामी हिजाेपनि आएका थियाै< हिजाेसम्म खासै केहि भएकाे थिएन, आज आउदा यस्ताे देखियाे’ नगर कृषि तथा पशुपंक्षी शाखाका प्रमुख नविन अधिकारीले सिभिलखबरलाई भने ‘यहाँ ‘डेढसय राेपनीजति डुबेकाे हामीले तथ्यांक उतार्याै, अरु ठाउँबाट सुचना आएकाे छैन ।’
कृषि प्रमुख अधिकारीका अनुसार साे खेतमा साबित्री धान, राम धान लगाइएकाे थियाे । धान काटेर खेतमा सुकाइएकाे धान डुबाएकाे उनकाे भनाई छ । काट्न बाँकी धानलाई भने बर्षातले असर गरेकाे छैन ।
