• बिहिबार, साउन १४ २०८३

बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने


बुधबार, कार्तिक ३ २०७८
535
Shares


काठमाडौं । सरकारले यस वर्ष कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर यो वर्ष भने दशैंको विदा पर्न गएकोले ४ दिन ढिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार