श्रीमती हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
४२ वर्षीया श्रीमती कली खड्काको हत्या आरोपमा कुमाख गाउँपालिका—५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान प्रहरीले जनाएको छ ।