• बिहिबार, असोज ८ २०८३

पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु


बुधबार, कार्तिक ३ २०७८
920
Shares


पहिरोले घर पुरिँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

खार्पुनाथ गाउँपालिका— ५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कल बहादुर शाही, कल बहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जस बहादुर शाहीको पनि मृत्यु भएको हो ।

‘पहिरोले पुरिएर मृत्यु भएका चार जनाको शव निकालिएको छ भन अन्य दुई जनाको पनि निकाल्ने क्रम जारी छ । नेपाली सेना, प्रहरी र स्थानियसहितको टोली उद्धारमा खटिएको छ ।

मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार