• बुधबार, असोज ७ २०८३

पिएसजीको पुनरागमन जितमा मेस्सीको दुई गोल


बुधबार, कार्तिक ३ २०७८
630
Shares


युरोपियन च्याम्पियन्स लिगमा फ्रेञ्च क्लब पिएसजीले पुनरागमन जित हात पारेको छ।

पिएसजीले मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपिजलाई ३—२ ले हरायो।

खेलको नवौं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो।

२८ मिनेटमा लाइपिजका आन्द्रे सिल्भाले बराबरी गोल फर्काए। ५७ मिनेटमा मुकेइलेले अर्को गोल गर्दा लाइपिजले अग्रता लिन सफल भयो। ६७ मिनेटमा पिएसजीका लागि लिओनल मेसीले बराबरी गोल फर्काए।

७४ मिनेटमा मेसीले पेनाल्टीमा गोल गरेपछि पिएसजीले खेलमा दोस्रो पटक अग्रता लियो। जितसँगै पिएसजी समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

पिएसजीको ३ खेलबाट ७ अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ भने क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा छ। पुछारको लाइपजिगले अंक जोड्न सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार