• बुधबार, असोज ७ २०८३

गोरखामा सुनका गहनासहित नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ


मंगलबार, कार्तिक २ २०७८
780
Shares


गोरखा । सुनका गहनासहित नगद चोरी गरेको अभियोगमा प्रहरीले गोरखाका एक युवकलाई पक्राउ गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ आमडाँडा बस्ने बर्ष २५ का राजन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले गत जेठ २७ गते रातीको समयमा स्थानीय कुलबहादुर सार्कीको घरबाट दुई लाख १२ हजार नगद तथा दुई तोला सुनको गहना चोरी गरेको प्रहरीले जनाएको छ ।

घटनापछि काठमाण्डौँमा लुकिछिपी बस्दै आएका परियारलाई सादा पोशाकमा खटिएका प्रहरीले असोज २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

परियारलाई नकबजनी चोरी शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धानको क्रममा हिरासतमा राखिएको दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार