बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । गाँउ पहिरोको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।
बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।