• बिहिबार, साउन १४ २०८३

गण्डकीमा थप एक सय ४५ जनामा कोरोना संक्रमण, ५ को मृत्यु


मंगलबार, कार्तिक २ २०७८
545
Shares


पोखरा । गण्डकी प्रदेशमा थप एक सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो चौबिस घण्टामा १ हजार ४३ जनामा गरिएको नमूना परिक्षणमा एक सय ४५ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ७० महिला ७५ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्की ८८, बागलुङ १३, स्याङ्जा २४, म्याग्दी ३, पर्वत ५, गोरखा २ तनहुँ ७ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ७ सय ३९ पुगेको छ ।

गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका –१० का ४४ बर्षिय पुरुष, पोखरा–२७ की ५० बर्षिय महिला, पोखरा–११ का ७२ बर्षिय पुरुष, पोखरा– ६ का ६३ बर्षिय पुरुष र पोखरा–१२ का ३३ बर्षिय पुरुष रहेका छन् ।

मृतक सवै कास्की जिल्ला अन्तरगत पोखरा महानगर क्षेत्रका हुन् । उनीहरु सवैको पोखरास्थित विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८८ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ८ सय ८५ पुगेको छ ।

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ सय ६६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार