• बुधबार, असोज ७ २०८३

वर्षाले घर भत्किदा एकै परिवारका दुई दाजु भाईको मृत्यु


मंगलबार, कार्तिक २ २०७८
600
Shares


वर्षाले घर भत्किदा डोटीमा एकै परिवारका दुई दाजु भाईको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण घर भत्किदा जिल्लाको सायल गाउँपालिका–६ मा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो ।

उनीहरुमध्ये एकजनाको शव निकालिएको छ भने अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार