Modern metal handcuffs. Vector illustration in flat style
पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

तानसेन नगरपालिका— ११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका— ४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।