गोरखा । गोरखामा आज बिहान बलेरो जीप दुर्घटनामा परेको छ ।


फुजेलबाट बेनिघाट तर्फ जाँदै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो जीप गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै रहेको मलेओडारमा दुर्घटना भएको हो ।
जीपमा १५ जना सवार थिए । दुर्घटनामा परी जीपमा सवार मध्ये ६ जना घाईते भएका छन् ।
घाईते जीप चालकका अनुसार जीपको ब्रेक फेला हुदाँ दुर्घटना भएको बताए । घाईते सबैको अहिले मलेखुको अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ ।
