सरकारले मुहम्मद जयन्तीको अवसरमा आज (मंगलबार) मुस्लिम समूदायलाई सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्ती (१४९६) को अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।
मुस्लिम धर्मावलम्बीहरूको धर्म प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहो वो सल्लमको जन्म दिनमा यो दिवस मनाउने गरिन्छ । गोरखाका मुस्लिम समुदायले पनि मोहम्मद जयन्ती मनाउँदैछन् ।
