• बुधबार, असोज ७ २०८३

सरकारले साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने


सोमबार, कार्तिक १ २०७८
625
Shares


काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५—५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुलाई ५—५ लाख र प्रशिक्षकहरुलाई ३—३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३—० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।

नेपाली टोली आज (सोमबार) मात्र नेपाल फर्किएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार