• बुधबार, असोज ७ २०८३

गुल्मीमा खोलाले जीप बगायो


सोमबार, कार्तिक १ २०७८
780
Shares


अबिर वर्षासँगै आएको बाढिले गुल्मीमा जीप बगाएको छ ।

जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको छ ।

जीप बगाएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार