• बुधबार, असोज ७ २०८३

आजदेखि बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो, गाडी चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा


सोमबार, कार्तिक १ २०७८
625
Shares


काठमाडौं । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागू भएको छ।

मन्त्रालयले गत असोजमा कात्तिक एक गतेदेखि काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।

मन्त्रालयले उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको छ। जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्दा न्यूनतम १८ रुपैयाँ भाडा तिर्नुपर्छ।

यो भाडादर ५ किलोमिटरसम्मको दूरीमा लागू हुनेछ। त्यस्तै १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटर भन्दामाथि ३५ भाडादर कायम गरेको छ।

बाग्मती प्रदेशमा १३ जिल्ला छन्। प्रदेश सरकारले उपत्यका बाहिरका हकमा भने साविकको भाडादरमा २३ प्रतिशतले वृद्धि गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार